पार्टी एक ढिक्का हुनुपर्छ– पूर्वमन्त्री रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले नेपाली कांग्रेस पार्टी केन्द्रदेखि टोलसम्म एक भएर अघि बढ्न आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेस इलामले आयोजना गरेको अन्तक्रियामा उनले सबै नेता तथा कार्यकर्ता मिलेमात्र कांग्रेस सबल हुने धारणा व्यक्त गरेका छन्। एउटै पार्टीभित्र पनि अलग विचारधारा हुनु सामान्य भएको भन्दै उनले आम निर्वाचनमा एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेसका नेता विचारको विविधता पचाउन सक्ने खालको हुन आवश्यक रहेको भन्दै रिजालले फरक विचारले पनि नेता जन्माउने तर्क छ। कांग्रेसलाई मत दिएर विजयी भएका जनप्रतिनिधिले जनताको काम छिटो–छरितो ढङ्गले गर्न सके जनताले पुनः सोही पार्टी रोज्ने उनको भनाइ छ।

पार्टीलाई समृद्ध बनाउन जितेर गएका जनप्रतिनिधिको काम पनि सही हुन आवश्यक रहेको तर्क गर्दै उनले वडादेखि नै जितेर गएका जनप्रतिनिधिले राम्रो काम गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: : 2023-10-05 20:46:00

प्रतिकृया दिनुहोस्