
‘भाषा, पुस्तक र व्यवहार नै जीवन’ (अन्तर्वार्ता)
अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगका प्रमुख आयुक्त प्रेमकुमार राई कुशल प्रशासकका रूपमा पनि चिनिन्छन्। अख्तियार प्रवेशसँगै राइले भ्रष्टाचारविरुद्ध अभियान नै चलाए। ठुला माछा (ठुला भ्रष्टचारी) विरुद्ध अप्रेशन चलाएका छन्, प्रमुख आयुक्त राईले।
आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मादेखि लिएर कर फर्छाैट आयाेगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश प्रसाद ढकाललाई भ्रष्टाचार मुद्दामा अख्तियारले पक्राउ गर्याे र उनीहरू तीनै जनाविरुद्ध १ अर्व ३३ लाख २० हजार ३ सय ८५ रूपैयाँ भ्रष्टचार गरेकाे अभियाेगमा विशेष अदालतमा अख्तियारले मुद्दा चलायाे।
यसले प्रमुख आयुक्त राइकाे कदलाई अझ उचाे बनायाे। राईप्रति जनविश्वाश बढेकै कारण अख्तियारमा गत आर्थिक वर्ष १६ हजार बढी उजुरी दर्ता भएका छन्। तर मधेश प्रदेशमा भने प्रमुख आयुक्त राईकाे दाल गलेकाे छैन।
मधेश प्रदेशकाे मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत साइकल खरिदमा भएकाे अनियमितताविरुद्ध खराे रूपमा उत्रिएका राई अन्य ठूला अनियमितताकाे कार्वाहीमा भने माैन जस्तै देखिन्छन्।
यसकाे ज्वलन्त उदहारण हाे- सिरहाकाे लहानस्थित यातायात व्यवस्था कार्यलयमा खुल्लामखुल्ला भइरहेकाे चालक अनुमति प्रमाणपत्र बिक्रीवितरण। यहाँ हुँदै आएकाे खुल्लामखुल्ला लाइसेन्स बिक्रीवितरण धन्दाकाे प्रमुख नाइके विजय दाहाल हुन्।
दाहाल लहान यातायात व्यवस्था कार्यालय, लाइसेन्स शाखाका कम्प्युटर अधिकृत हुन्। कम्पयुटर अधिकृत दाहालकाे लाइसेन्स बिक्रीवितरण धन्दामा सगरमाथा यातायात लेखापढी संघका अध्यक्ष राजेश साह र जयप्रकाश साह (जेपी) काे प्रत्यक्ष संलग्नता छ।
लाइसेन्स बिक्री वितरणकाे भित्री कथा
विश्वस्त स्राेतका अनुसार सागरमाथा लेखापढी संघका अध्यक्ष राजेश साहले बिचाैलियाहरूमार्फत सेवाग्राहीकाे लाइसेन्स फर्म संकलन गर्छन् र प्रत्येक सेवाग्राहीसँग अनाधिकृत रूपमा रकम असुल्छन्।
स्राेत भन्छ- बाइक (वर्ग A) काे लाइसेन्स बनाउन आएका प्रत्येक सेवाग्राहीसँग संघका अध्यक्ष राजेशले १२ हजार ५ सय रूपैयाँका दरले रकम असुल्दै आएकाछन्। जबकी बाइककाे लाइसेन्स बनाउन सरकारले ईन्ट्री फिबापत ५ सय र लाइसेन्स कर १५ सय रूपैयाँ मात्रै ताेकेकाे छ।
त्यस्तै तीन चक्के (वर्ग C) टेम्पाेलगायतकाे सवारी चालक अनुमति प्रमाणपत्रका लागि सरकारले ईन्ट्री फिबापत ५ सय रूपैयाँ र लाइसेन्स कर २ हजार रूपैयाँ ताेके पनि अध्यक्ष राजेशले यसबाहेक २० हजार रूपैयाँ बढी असुलउपर गर्दै आएकाे सेवाग्राहीहरूकाे दावी छ।
सानाे चार चक्के जीप तथा कार (वर्ग B) काे लाइसेन्सकाे ट्रायल पास गर्न अनाधिकृत रूपमा राजेशले ३० हजार र लिखित परीक्षा पास गर्न २ हजार रूपैयाँ असुल्दै आएका छन्।
मिनिबस/मिनि ट्रक (वर्ग F) तथा हेब्बी (बर्ग G) ट्रक/बस र लहेरी सवारी चालक अनुमतिपत्रका लागि राजेशले अनाधिकृत रूपमा ३० देखि ४० हजार रूपैयाँ असुली गरिँदै आएकाे बताइन्छ।
(वर्ग j1, वर्ग j2 र वर्ग 3) हेब्बी इक्युपमेन्ट मेसिनहरूकाे चालक अनुमति प्रमाणपत्रका लागि प्रत्येक सेवाग्राहीसँग राजेशले ५० देखि ६० हजार रूपैयाँसम्म अनाधिकृत रूपमा असुल्छन्।
दाहालकाे हातमा कति पर्छ पैसा ?
यसरी अनाधिकृत रूपमा असुलेकाे रकमबाट केही कट्टा गरी जयप्रकास साह (जेपी) बाट दाहालले बुझ्दै आएका छन्।
माेटरसाइकलकाे सवारी चालक अनुमतिपत्रका लागि दहालले जयप्रकाश साहमार्फत प्रत्येक सेवाग्राहीकाे फारमबाट प्रयाेगात्मक परीक्षा पास गराउन १० हजारका दरले र लिखित परीक्षा पास गर्न २ हजार गरी १२ हजार रूपैयाँ बुझ्ने गरेका छन्।
त्यस्तै तीन पांग्रे सवारी साधनकाे पनि प्रयाेगात्मक परीक्षा पास गरेबापत १० र लिखित परीक्षा पास गरेबापत २ गरी कम्प्युटर अधिकृत दाहालले १२ हजार रूपैयाँ जयप्रकाशमार्फत बुझ्दै आएका छन्।
सवारीसाधन चालक अनुमतिपत्र वितरण शाखाका एक कर्मचारीले नाम नखाेल्ने शर्तमा भने- दाहालका मुख्य बिचाैलिया नै जेपी (जयप्रकास) हुन्।
त्यस्तै (वर्ग B) अन्तर्गत पर्ने कार, जीप तथा डेलिभरी भ्यानकाे प्रयाेगात्मक (ट्रायल) पास गरेकाे २० हजार र लिखित परीक्षाबापत २५ सय गरी २२ हजार ५ सय रूपैयाँका दरले दाहालले बुझ्दै आएका छन् भने (वर्ग F) का लागि प्रयाेगात्मक परीक्षा पास गरेकाे २५ हजार रूपैयाँ का दरले लिन्छन्।
बस, ट्रक तथा लहरी (वर्ग G) काे प्रयाेगात्मक परीक्षा पास गर्न दाहालले २५ हजार लिने गरेका छन्। हेब्बी इक्युपमेन्ट मेसिन (वर्ग J1, J2 र j3 ) चालक अनुमति प्रमाणपत्रकाे प्रयाेगात्मक परीक्षा पास गर्न २५ र लिखित परीक्षा पास गर्न ५ हजार गरी ३० हजार रूपैयाँका दरले एकमुस्ट बुझ्ने गरेकाे बताइन्छ।
त्यस्तै वर्ग E अन्तर्गत पर्ने ट्याक्टर चालक अनुमति प्रमाणपत्रका लागि प्रयमेगात्मक परीक्षा पास गर्न १० हजार रूपैयाँ दाहालले बुझ्ने गर्छन् र वर्ग K अन्तर्गत स्कुटर चालक अनुमति प्रमाणपत्रका लागि पनि दाहालले १५ देखि २० हजार रूपैयाँ लिने गरेका छन्।
यातायात कार्यालय लहानका अनुसार साप्ताहिक रूपमा हुने प्रयाेगात्मक र लिखित परीक्षामा सहभागीमध्ये ६० प्रतिशतसम्म उत्तीर्ण गर्ने गरिएकाे छ। याे भनेकाे साप्ताहिक २ सय ५० देखि ५ सय जनासम्म उत्तीर्ण हुनु हाे।
राजेशलाई अनाधिकृत रकम नबुझाए परीक्षामा सहभागीहरूलाई नियाेजित रूपमा अनुत्तीर्ण गरिँदै आइएकाे छ। एक सेवाग्राहीका अनुसार लाइसेन्सका लागि फारम लिएर सिधै दाहालकाेमा गए दाहालले राजेश साहमार्फत आउनु भनेर सेवाग्राहीलाइ फर्काउने गर्छन्।
१ .
२ .
३ .
४ .
५ .