नेपालगञ्जमा सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि गत मंगलबारदेखि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाएको कर्फ्यू आदेश तीनदिन पछि खुकलो पारेको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्धारा आज विहान जारी विज्ञप्तीमा असोज १८ गते बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म नेपालगञ्ज क्षेत्रमा लगाइएको कफ्र्यु हटाउने र १८ गते साँझ ८ बजेदेखि १९ गते बिहान ६ बजेसम्म कफ्र्यु रहने उल्लेख छ। यो स्थानमा कफ्यु हटेको समयमा निषेधज्ञा जारी भएको छ।
स्थानीय प्रशासनले जारी कर्फ्यू आदेशमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन २०२० को दफा ६ (क) (१) (३) बमोजिम २०८० असोज १६ गते दिउसो १ बजेदेखि लागू हुने गरि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको थियो।
साथै स्थानीय प्रशासनले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रमा भेला, बैठक, सभा, जुलुस, पोस्टर पम्पलेट, जस्ता प्रचार सामाग्री प्रयोग गर्न टाँस्न नपाईने, हुलमा जम्मा हुन वा एक ठाँउमा ५ जना भन्दा बढी जम्मा हुन नपाउने गरी निशेधज्ञा समेत जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
जिल्लामा शान्ति सुव्यवस्था कायम गर्नका लागि सबैमा अपिल गरिएको छ। नेपालगञ्जमा उत्पन्न पछिल्लो घटनाक्रमपछि हिजो मात्र सर्बदलिय सर्बपक्षिय बैठक बसेको थियो।