
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
बिएल संवाददाता
बर्मा अर्थात् म्यान्मार, सैन्य ‘कू’ पछि पुनः चर्चामा छ। बर्मा र नेपालबीच ऐतिहासिक र फराकिलो सम्बन्ध छ।
म्यान्मारमा लगभग साढे एक लाख गोर्खाली (नेपालीभाषी) बसोबास गर्छन। ४८ वर्ष सैन्य शासनमा बसेको म्यान्मारमा सेना र राजनीतिक दलबीच शक्ति पृथकीकरणको सिद्धान्त अनुसार एक दशकअघि प्रजातान्त्रको अभ्यास सुरु भएको थियो। तर, यसबीच पनि जनताले पूर्ण प्रजातन्त्रको अभ्यास गर्न पाएनन्।
सैन्य शासनका कारण थलिएको म्यान्मारले उस्तै दुःख भोगिरहेको छ। सामाजिक, भौगोलिक, आर्थिक उत्पादन र पर्यटनका लागि राम्रो सम्भावना भए पनि राजनीतिक खिचातानीका कारण यो देशलाई थिचिरहेको छ।
म्यान्मारको उत्तर–पश्चिमी सीमामा बंगलादेश र भारत छ। यहाँबाट नजिकै पर्छ, पूर्खाको देश नेपाल। जहाँबाट हाम्रो रगतसँगै गौरवशाली इतिहास पनि आएको छ। म्यान्मारसँग चीन, थाइल्याण्ड र लाओससँग पनि जोडिएको छ।
सन् २०१० को आम निर्वाचनपछि सैन्य सरकार औपचारिक रुपमा विघटन भएको थियो। लगतै म्यान्माली केही हदसम्म खुशी भएका थिए, 'मदर सु की' अर्थात् प्रजातन्त्रवादी नेत्री आङ सान सु कीको सुःखद राजनीतिक यात्रा आरम्भ भएका कारण।
सन् २०११ प्छि मदर सुलगायत सबै प्रजातन्त्रप्रति आस्था राख्ने नेताहरु देशको हित र प्रगतिका लागि अघि बढिरहेका छन्। म्यान्मारमा पूर्णप्रजातन्त्रको लडाईँ जारी नै छ।
म्यान्मारमा गोर्खालीले बगाएको रगत प्रजातन्त्रवादी नेताहरु र सैनिकले पनि उतिकै सम्मान गर्ने गरेको छ। म्यान्मारको सैनिकसँग नेपालीभाषीहरुको राम्रो र सौदर्यपूण सम्बन्ध रहेको छ। यदपि, 'मदर सु की'को स्वतन्त्रताको लडाईँमा भने हाम्रो सदैव साथ हुनेछ।
म्यान्मारमा फेसबुकलगायत सामाजिक सञ्जाल प्रतिबन्ध
स्वघोषित सैन्य सरकारले म्यान्मारमा जारी तनावको स्थितका बीच सामाजिक सञ्जाल फेसबुक, वाट्सएप, मेसेन्जर र इन्स्टाग्राममा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ।
विदेशी न्युज संस्था रोयटर्सले पनि यसको पुष्टी गर्दै म्यान्मारको यातायात तथा सूचना मन्त्रालयले फेब्रुअरी ७ सम्मका लागि अनिश्चितकालीन प्रतिबन्ध लगाएको बताएका छन्।
सेनाले १ फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ तथा प्रधानमन्त्री आङ सान सु कीलगायत उनको पार्टीका अधिकांश नेतालाई नजरबन्द र पक्राउ गर्दै संकटकाल घोषणा गरेको थियो। सेनाले गत नोभेम्बरमा भएको आमनिर्वाचनमा धाँधली भएको भन्दै आफूले यो कदम उठाउनु परेको बताएको थियो।
सेनाको यो कार्यको सामाजिक सञ्जालमा विश्वव्यापी विरोध भएपछि अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो।
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया