हीरा दाहाल (भास्वर)
कता छ त्यो यूएन?
के गर्दैछ, त्यो सुरक्षा काउन्सिल?
के हेर्दै छ, त्यो अन्तर्राष्ट्रिय न्यायालय?
कता लुकेका छन्, ती मानवअधिकारवादीहरु ?
निहत्था हामी माथि
पुनः हथियारधारी अत्याचारीले प्रहार गरेको छ
पटकपटक बलात्कृत हाम्री आमा
विगतको घाउ नओभाउँदै
आज फेरि बलात्कृत भएकी छन्
त्यो पनि तिमीहरुकै अगाडी
देखिरहे कै छौ तिमीहरु पनि
के त...!
अघि झैं आज पनि
हेरिनै रहन्छौ त?
कि 'नभा' आँखा चिम्लिएरै बस्छौ त?
के उद्धेश्य हो तिम्रा ती संघ-संस्थाहरुको?
के?
मात्र उफार्ने र थचार्ने ?
बलात्कारी बन्दुकधारी छ
निहत्था हामी छौं!
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया