हीरा दाहाल (भास्वर)
कता छ त्यो यूएन?
के गर्दैछ, त्यो सुरक्षा काउन्सिल?
के हेर्दै छ, त्यो अन्तर्राष्ट्रिय न्यायालय?
कता लुकेका छन्, ती मानवअधिकारवादीहरु ?
निहत्था हामी माथि
पुनः हथियारधारी अत्याचारीले प्रहार गरेको छ
पटकपटक बलात्कृत हाम्री आमा
विगतको घाउ नओभाउँदै
आज फेरि बलात्कृत भएकी छन्
त्यो पनि तिमीहरुकै अगाडी
देखिरहे कै छौ तिमीहरु पनि
के त...!
अघि झैं आज पनि
हेरिनै रहन्छौ त?
कि 'नभा' आँखा चिम्लिएरै बस्छौ त?
के उद्धेश्य हो तिम्रा ती संघ-संस्थाहरुको?
के?
मात्र उफार्ने र थचार्ने ?
बलात्कारी बन्दुकधारी छ
निहत्था हामी छौं!
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया