बिएल संवाददाता
म्यान्मारको सेनाले राष्ट्रपतिसहित प्रजातन्त्रवादी नेतृ आङ सान सु कीलाई नजरबन्द गर्दै एक बर्षका लागि संकटकाल लागू गरेको छ।
गत नोभेम्बरमा भएको निर्वाचनमा सु कीको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले बहुमत प्राप्त गरेको थियो। सेनाले विपक्षी पार्टीलाई समर्थन गरेपनि त्यो पार्टीले नराम्रो पराजय भोग्नु पर्यो।
सोमबार संसदको पहिलो सत्रको बैठक बस्नुअघि सेनाले राष्ट्रपति, मन्त्री, सांसद र मुख्यमन्त्रीलाई नजरबन्दमा राख्दै थुप्रै नेताहरूलाई हिरासतमा राखेको थियो। पाँच दशक म्यान्माको राजनीतिमा हावी भएको सेनाले शक्ति पृथकीकरणको सिद्धान्तअन्तर्गत २०१५ मा प्रजातान्त्रीक व्यवस्था अपनाउने घोषणा गरेको थियो।
तर, सेना आफ्नो त्यो अडानमा पाँच वर्ष मात्र टिक्यो। सेनाले नोभेम्बरमा भएको चुनावमा धाँधलीको आरोप लगाउदै आइरहेको थियो। सेनाको भनाई भन्दै विभिन्न कोणबाट समाचार प्रकासित हुन थालेपछि गत सातादेखि नै म्यान्माको राजनीतिमा फेरि उथलपुथल हुनसक्ने विश्लेषण धेरैले लगाएका थिए। तर, सेनाले यसको खण्डन गर्दै आइरहेको थियो।
सु की र राष्ट्रपति विन मिन्टलाई राजधानीमा नजरबन्दमा राखिएको छ। सैन्य ‘कू’ संसद चल्नुभन्दा केही घण्टाअघि भएको थियो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया