बिएल संवाददाता
म्यान्मारको सैन्य ‘कू’ प्रति नेपाल मानवअधिकार संगठनले विरोध जनाएको छ।
संगठनका अध्यक्ष महामुनीश्वर आचार्यले म्यान्मारको सैन्य शासन असफल पार्न विश्व समुदायसमक्ष अपिलसमेत गरेका छन्। म्यान्मारको सेनाले सोमबार प्रजातन्त्रवादी तथा सत्तारुढ पार्टीकी सर्वोच्च नेतृ आङ सान सु कीसहित नेतालाई गिरफ्तार गरेर एक वर्षका लागि संकटकाल घोषणा गरेको छ।
निर्वाचनमा धाँधली भएको बहाना बनाउँदै सेनाले ‘कू’ गरेको हो। संगठनले यसको निन्दा गर्दै सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेनाले अवैधानिक हस्तक्षेप गरी संकटकाल घोषणा गरेर जननिर्वाचित प्रतिनिधिलाई काम गर्न नदिई बलपूर्वक लोकतन्त्रको हत्या गरेको छ।’
यसअघि अमेरिका र अस्ट्रेलियाले पनि म्यान्मारको सैन्य शासकको हर्कतप्रति खेद व्यक्त गरेका छन्। अझ ह्वाइट हाउसले सु कीसहितका नेताहरूलाई तत्काल रिहा नगरे तथा प्रजातन्त्र स्थापना नभए गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया