बिएल संवाददाता
म्यान्मारको सैन्य ‘कू’ प्रति नेपाल मानवअधिकार संगठनले विरोध जनाएको छ।
संगठनका अध्यक्ष महामुनीश्वर आचार्यले म्यान्मारको सैन्य शासन असफल पार्न विश्व समुदायसमक्ष अपिलसमेत गरेका छन्। म्यान्मारको सेनाले सोमबार प्रजातन्त्रवादी तथा सत्तारुढ पार्टीकी सर्वोच्च नेतृ आङ सान सु कीसहित नेतालाई गिरफ्तार गरेर एक वर्षका लागि संकटकाल घोषणा गरेको छ।
निर्वाचनमा धाँधली भएको बहाना बनाउँदै सेनाले ‘कू’ गरेको हो। संगठनले यसको निन्दा गर्दै सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेनाले अवैधानिक हस्तक्षेप गरी संकटकाल घोषणा गरेर जननिर्वाचित प्रतिनिधिलाई काम गर्न नदिई बलपूर्वक लोकतन्त्रको हत्या गरेको छ।’
यसअघि अमेरिका र अस्ट्रेलियाले पनि म्यान्मारको सैन्य शासकको हर्कतप्रति खेद व्यक्त गरेका छन्। अझ ह्वाइट हाउसले सु कीसहितका नेताहरूलाई तत्काल रिहा नगरे तथा प्रजातन्त्र स्थापना नभए गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको छ।
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया