मधुसूदन भट्टराई
प्यारो हाम्रो मुलुक घरमा दम्भले अग्नि झोस्दै
सेना नेता सब दल मिली शान्तिको राज्य खोस्दै
तानाशाही पद विमदले निर्दयी चाल चाल्यो
आमालाई छल कपटले दुष्टले जाल हाल्यो।
गल्ती खोजी अपनयनमा दाउ थापी रहेको
खेदो गर्दै हर विषयमा कार्य नापी रहेको
अत्याचारी अधम मतिले व्यर्थमा दोष पाल्यो
आमालाई छल कपटले दुष्टले जाल हाल्यो।
सेवा भन्दै हरित पटमा प्रीतका शब्द लेख्ने
लोभी बन्दै घृणित सपना स्वार्थमा फेरि देख्ने
अन्यायीले जुलुस बिचमा कानुनी कार्य ढाल्यो
आमालाई छल कपटले दुष्टले जाल हाल्यो।
चोखो साँचो जनमत मिची राक्षसी नृत्य नाच्ने
लाजै लाग्दो कमसल बनी तामसी कृत्य साँच्ने
विद्रोहीले मृदु वचन वा मित्रता भाव टाल्यो
आमालाई छल कपटले दुष्टले जाल हाल्यो।
अन्धो जस्तो प्रतिगमनले क्रूरता तर्फ मोड्दै
सोझासाझा सकल जनको आश विश्वास तोड्दै
सत्ताभोगी असफल हुँदा सैन्य ‘कू’ गर्न थाल्यो
आमालाई छल कपटले दुष्टले जाल हाल्यो।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया