मधुसूदन भट्टराई
प्यारो हाम्रो मुलुक घरमा दम्भले अग्नि झोस्दै
सेना नेता सब दल मिली शान्तिको राज्य खोस्दै
तानाशाही पद विमदले निर्दयी चाल चाल्यो
आमालाई छल कपटले दुष्टले जाल हाल्यो।
गल्ती खोजी अपनयनमा दाउ थापी रहेको
खेदो गर्दै हर विषयमा कार्य नापी रहेको
अत्याचारी अधम मतिले व्यर्थमा दोष पाल्यो
आमालाई छल कपटले दुष्टले जाल हाल्यो।
सेवा भन्दै हरित पटमा प्रीतका शब्द लेख्ने
लोभी बन्दै घृणित सपना स्वार्थमा फेरि देख्ने
अन्यायीले जुलुस बिचमा कानुनी कार्य ढाल्यो
आमालाई छल कपटले दुष्टले जाल हाल्यो।
चोखो साँचो जनमत मिची राक्षसी नृत्य नाच्ने
लाजै लाग्दो कमसल बनी तामसी कृत्य साँच्ने
विद्रोहीले मृदु वचन वा मित्रता भाव टाल्यो
आमालाई छल कपटले दुष्टले जाल हाल्यो।
अन्धो जस्तो प्रतिगमनले क्रूरता तर्फ मोड्दै
सोझासाझा सकल जनको आश विश्वास तोड्दै
सत्ताभोगी असफल हुँदा सैन्य ‘कू’ गर्न थाल्यो
आमालाई छल कपटले दुष्टले जाल हाल्यो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया