भूकम्पले चर्किएकाे छ– बझाङ। भत्किएका छन् घर। र, पराकम्पहरू निरन्तर गइरहँदा त्रसित छन् स्थानीयबासी। मानिसहरू पाल टाँगेर घर बाहिरै सुतिरहेका छन्। अनि, बझाङबासीको अवस्था बुझ्दैछन् सांसद रवि लामिछाने—
लामिछानेका सहयाेगी दीपक बाेहाेराले सामाजिक सञ्जालमा लेखेका छन्, 'भूकम्पले पुर्याएकाे क्षति बुझ्न र प्रभावितसँग साक्षात्कार गर्न बझाङ आइपुगेका छाैं। एक जनाकाे ज्यान गएकाे छ। केही घाइते भएका छन्। कैयाैं घर भत्किएका छन्। पूर्ण क्षति नभएपनि अधिकांश घर चर्कीएका छन्। प्रभावितलाई उचित व्यवस्थापनकाे खाँचाे छ। सरकारले ध्यान देओस्।'