योङहाङ प्रदिप
को हुन् रामलालहरू??
मेरो देशले चिन्दैन।
कस्ता छन् रामलालहरू??
मेरो देशलाई थाहा छैन्।
देशबाट रामलालहरू बेखबर भए जस्तै
देशपनि रामलालहरूबाट बेखबर छ भन्ने आरोप छ।
उनीहरू लगाउँछन् सेतो धोती र कमिज
र राष्ट्रिय पोशाक अस्वीकार गरेको अारोप छ।
उनीहरू बोल्छन् आफ्नै भाषा "मैथिली"
र राष्ट्र भाषा अस्वीकार गरेको आरोप छ।
उफ्रदैनन् सडकमा र बाल्दैनन् टायर,
लगाउँदैनन् जिन्दवाद र मुर्दवादको नारा,
सायद थाहा छैन् रामलालहरूलाई,
हाम्रो राष्ट्रवाद।
उनीहरू देश जन्मिए देखि,
चुपचाप चुपचाप जँगेपिलर रुँगेर बसिरहेकाछन्
बदलामा मेरो देशले
अराष्ट्रिय,अनागरिक उपाधिहरू वषौँ देखि दिईरहेछ।
उनीहरू रामलालहरू हुन्
जसलाई न देश ले चिन्छ,
जसलाई न देशवासीहरूले चिन्छन्।
उनीहरूलाई चिन्छन् भने,
सिमाना मिच्ने दुश्मनका पाइलाहरूले चिन्छन्।
उनीहरूलाई चिन्छन् भने,
दुश्मनहरूले देश तिर फर्काएर पड्काएको
बन्दुकबाट निस्किने गोलीहरूले चिन्छन्।
जबजब
देशभित्रको सडकमा उर्लिन्छ,
ढोङ्गी राष्ट्रवाद र ढोङ्गी राष्ट्रियताको भेल,
त्यति बेला
रामलालहरू कोणसभाहरुमा शब्दहरूले चुटिन्छन्,
व्यवहारहरूले जिउँदै जलाइन्छन्।
तर पनि यो कुरा रामलालहरूलाई थाहै छैन्
किनकी जँगेपिलर छोडि सडकमा उत्रिएर,
राष्ट्रवादी बन्ने उनीहरूलाई फुर्सदै छैन्।
को हुन् रामलालहरू?
मेरो देशले चिन्दैन।
फेरि रामलालहरू पनि उस्तैछन्
जो सिमानाको जङ्गेपिलर बाहेक अरूलाई चिन्दैनन्।
सायद रामलालहरूले बुझेका छन्
जङ्गेपिलर छ त देश छ
नत्र सडकमा मात्रैको राष्ट्रवाद केलाई??
को हुन् रामलालहरू?
मेरो देशले अझै चिन्दैन।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया