मुटुका बिरामी योगी पैसा अभावमा अस्पतालमा छटपटाउँदै

रोल्पाको रुन्टीगढी गाउँपालिका–८ चिउरीपानी ३४ वर्षीय हिराबहादुर योगी पैसा अभावमा अस्पतालमा छट्पटाउन बाध्य छन्।

हाल तुलसीपुर–५ बस्दै आएका उनको मुटुको भल्भमा समस्या देखिएपछि अहिले काठमाडौँको शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा उपचार गरिरहेका छन्।

तर पैसा अभाव हुँदा उनको अहिले उपचारमा समस्या भएको छ। घरमा आयश्रोत नभएको र आर्थिक अवस्था पनि निकै कमजोर भएकाले उपचारमा समस्या भएको पारिवार जनाएको छ।

हालसम्म उनको उपचारमा १० लाख बढी खर्च भइसकेको छ। अब मुटुको अप्रेसन गर्न अझै १५ देखि २० लाख लाग्ने भएपछि उपचारमा समस्या भएको योगीका भाइ प्रकाशले बताए।

उनले आफ्नो दाइको उपचारमा सहयोग गरिदिन सबैमा अपिल गरेका छन्।

एनआइसी एसिया बैंकको खाता नम्बर ०९२५७५०७४७००२००१ मा सकेको सहयोग गरिदिन आग्रह गरिएकाे छ।

यसैगरी ९८४९१४९७०८ मा सम्पर्क गरी सहयोग गर्न सकिन्छ।

प्रकाशित मिति: : 2023-10-02 12:50:00

प्रतिकृया दिनुहोस्