सिमलताल पहिराे

सिमलताल पहिराे: गोलाघाटमा भेटियो अर्काे शव

Break n Links
Break n Links

भरतपुर महानगरपालिका- २८ गाेलाघाटमा एक पुरुषको शव भेटिएको छ।

नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०/३५ वर्षको पुरुषको शव फेला परेको हो। उक्त शव शुक्रबार बिहान सिमलताल पहिराेमा यात्रुसहित बेपत्ता बसकाे हुन सक्ने अनुमान गरिएकाे छ।

शवलाई पाेष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।

शनिबार पनि यस ठाउँमा एउटा शव फेला परेकाे थियाे। उक्त शव सिमलताल पहिराेमा बेपत्त बसका यात्रुकाे भएकाे पुष्टि भएकाे छ।

प्रकाशित मिति: : 2024-07-14 10:09:00

प्रतिकृया दिनुहोस्