चिकित्सक कुटपिट प्रकरण

भोलि आकस्मिक सेवा बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

यही भदौ २७ गते सन्चो अस्पताल हेटौँडाका दुई जना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाही गर्न नेपाल चिकित्सक सङ्घले माग गरेको छ।

बिरामीको उपचार गरिरहेको अवस्थामा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएकामा हालसम्म दोषीलाई कारबाही हुन नसक्दा समग्र स्वास्थ्य क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको सङ्घको भनाइ छ। दोषीलाई कारबाही नभए आन्दोलन गर्ने चेतावनीसमेत सङ्घले दिएको छ।

आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने सङ्घले चेतावनी दिएको छ।


‘डाक्टर कुटे न्याय पाइन्छ’ भन्ने गलत पाठ पढाइँदा स्वास्थ्यकर्मी असुरक्षित बने: डा.तिवारी (अन्तर्वार्ता)


देशभरका स्वास्थ्य संस्थामा अनिवार्यरूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्थासहित भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्थाका लागि पनि सङ्घले सरकारसँग माग गरेको छ। अविलम्ब चिकित्सक ऐन तथा चिकित्सक सेवा आयोगको स्थापनाका लागि पहल गर्न पनि सङ्घको माग छ।

पत्र :

प्रकाशित मिति: : 2023-09-16 21:33:00

प्रतिकृया दिनुहोस्