पाँच बुँदे साझा संकल्प पत्र जारी गर्दै ‘जलवायु परिवर्तन सम्बन्धी च्छो-रोल्पा संवाद’ शनिबार समापन भएको छ।
बिहीबारदेखि दोलखाको सिङ्गटीमा बागमती प्रदेश सरकारको आयोजनामा सुरु भएको ‘गौरीशंकरको रक्षा हिमालदेखि तराईसम्मको सुरक्षा’ विषयक जलवायु परिवर्तनसम्बन्धी च्छो-रोल्पा संवाद शनिबार समापन भएको हो।
कार्यक्रमको समापन गर्दै गौरीशंकर गाउँपालिका प्रमुख विश्वास कार्कीले पाँच बुँदे साझा संकल्पसहित तीन दिने संवाद कार्यक्रम समापन भएको घोषणा गरे।
उनले भने, ‘पाँच गतेदेखि सुरु भएको यस संवादले साझा संकल्पसहित समापन गरेका छौं। यो एउटा सुरुवात मात्र हो। तर यो संकल्प एउटा इतिहास बन्नुपर्छ। साथै यसको पूर्ण कार्यान्वयन हुन्छ भन्ने कुरामा विश्वस्त छु।’
कार्यक्रममा दोलखाकी सगरमाथा आरोही तथा ०७५ सालकी मिस शेर्पा दाफुटी शेर्पालाई सम्मानसमेत गरियो। समाज सेवा र पर्यटन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो।
सम्मान ग्रहण गर्दै उनले जलवायु परिवर्तनले हिमाल चढ्न पहिलेको तुलनामा जोखिमपूर्ण बन्दै गइरहेको बताइन्।
‘जलवायु परिवर्तनले हाम्रो हिमाल पहिलेको जस्तो छैन। हिमाल देखिने ठाउँमा चटान देखिन थालका छन्। हिमाल चढ्न धेरै नै जोखिम बढ्दै गएको छ,’ उनले भनिन्।
कार्यक्रममा सरोकारवालाहरूले जलवायु परिवर्तन जस्ता जोखिमहरूको न्यूनीकरण गर्न नीतिगत रुपमा नै अगाडि बढ्नुपर्ने धारणा राखेका थिए।
पाँच बुँदे साझा ‘संकल्प पत्र’-