एमाले बागमती अधिवेशन: अध्यक्षमा दाहाल र ढुङ्गेल भिड्ने 

फाइल तस्विर
फाइल तस्विर

नेकपा (एमाले)को बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदका अन्य उम्मेदवारहरुले नाम फिर्ता लिएसँगै दाहाल र ढुङ्गेलको प्रतिस्पर्धा हुने भएको हो।

यसअघि केशवप्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले पनि उम्मेदवारी दर्ता गराए थिए। यद्यपि, अन्तिम समयमा आएर उनीहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

त्यस्तै उपाध्यक्षमा ईश्वर चन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन्।

एक सचिव पदका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डित उम्मेदवार छन्।

त्यस्तै दुई उपसचिवका लागि ओमराज पन्त, कृष्णहरि थापा, खड्गबहादुर पुलामी, टासी लामा, डबल पाण्डे, प्रेम बहादुर महर्जन, रमेश महर्जन, राजेन्द्र श्रेष्ठ, भक्त कुमारी लामा र रिता गौतम ढकाल छन्।

मतदान बिहान १० बजेबाट सुरु हुँदैछ।

प्रकाशित मिति: : 2023-09-29 09:15:00

प्रतिकृया दिनुहोस्