‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
दुध, दही बेच्न कति टाढा जानुपर्छ ? सामान्यतया १०–२० किलोमिटर टाढा या यो भन्दा नि नजिकै बेच्न सकिन्छ। अझ दैनिक रुपमा दुध, दही बेच्ने कृषकहरु गाउँकै डेरी वा नजिकै बजारमा जाने गरेको पाइन्छ।
तर, दाङमा नजिकैको बजारमा दही बेच्न समस्या भएपछि दैनिक करिब ५० किलोमिटर दुरी पार गरेर बेच्ने गरेको पाइएको छ। दाङ देउखरीको राप्ती नदी पारी राजपुर गाउँपालिका– ३ खरदरिया निवासी हरिप्रसाद यादव उमेरले साढे चार दशक बढी भए। उनको दैनिकी घोराही–राजपुर गरेर बित्ने गर्छ।
हरिप्रसाद दही बिक्री गर्नका लागि दैनिक दाङ सदरमुकाम घोराही बजार आउने गर्छन, त्यो नि आफ्नै टाउँकोमा दहीको भाँडो बोकेर। व्यवसायिक रूपमा ५ वटा भैँसीपालन गरेका हरिप्रसाद गाउँमा दही बिक्री नहुँदा करिब ५० किलोमिटरको दुरी पार गरेर राजपुरबाट घोराहीसम्म आएका हुन।
वैशाख–जेठको गर्मी मौसम होस् वा कार्तिक–मंसिरको चीसो, हरिदप्रसाद निरन्तर बिहान टाउकोमा दहीको भाँडो राखेर घोराही आउँछन्। राजपुरबाट उज्यालो नहुँदै उनी करिब १५–२० किलोमिटर हिँडेरै पार गर्छन। त्यसपछि पूर्व–पश्चिम राजमार्गको जहरे भन्ने ठाउँमा आए भने यादव नेपालगञ्जबाट आउने गाडीमा घोराहीसम्म आउने गर्छन।
घरको कामले घोराही आउन नभ्याउँदा देउखुरीको लमही बजारसम्म भए पनि आउने गरेको उनले बताए। ‘दही बिक्रिका लागि दैनिक जसो घोराही आउने गरेको छु’, यादवले भने,‘गाउँघरमा बिक्री हुँदैन। डेरीवालाले मूल्य दिदैनन्।’
देउखुरीको बजार सानो भएको र गाउँमा प्रायः सवैका घरमा भैसी पाल्ने हुँदा दही बिक्री नहुने गरेको उनको भनाइ छ। घोराहीसम्म आइपुग्ने उनले प्रतिलिटर करिब ५० रूपैयाँमा दही बेच्ने गरेको बताए। गाउँबाट ल्याएको दही बजारमा बिक्री गर्न समस्यासमेत नुहने उनको भनाइ छ। ‘गाउँमा सबैका घरमा भैँसी हुन्छन्, त्यसैले दही बिक्री हुँदैन’, उनले भने,‘त्यही भएर राजपुरबाट दहीको भाँडो बोकेर हरेक दिन घोराही आउँछु, यहाँ आएपछि दही बिक्री गर्न समस्या हुँदैन।’
यादव मात्रै होइन देउखुरी राजपुर क्षेत्रका धेरै स्थानीय घरमा उत्पादन भएको दही बिक्रीका लागि देउखुरीको गढवा, लमही र भालुवाङ बजारसँगै दाङ उपत्यकामा रहेका घोराही र तुलसीपुरसम्म आउने गर्दछन्। देउखुरीको तुलनामा घोराही र तुलसीपुरमा दहीको थेरै भए पनि महंगोमा बिक्री हुने भएका कारण आफूहरू दही लिएर घोराहीसम्म आउने गरेको अर्का किसान देवप्रसाद यावद बताउँछन्। उनकाअनुसार खरदरियाका अधिकांशका घरमा कम्तीमा २ देखि १० वटासम्म भैंसी हुने गरेका छन्।
किसानहरूले व्यवसायिक रूपमा पालन गरेको भैँसीको दूध डेरीहरूले ल्याउने गरेका छन्। डेरी घरमै गएर कम मूल्यमा दूध किन्ने गरेपछि केही स्थानीय भने आफैले नै दही तथा दूध विक्रीका लागि जिल्लाका विभिन्न बजारसम्म पुग्ने गरेको यादव बताउँछन्।
‘भैँसीको दूध तथा दही गाउँबाटै डेरीले लग्ने गरेका छन्, बिक्रीका लागि समस्या छैन’, उनले भने, ‘तर आफैं बजारसम्म लगेर बिक्री गर्दा डेरीवालाले लग्नेभन्दा केही महँगो मूल्यमा बिक्री हुन्छ, त्यही भएर केही भैँसी पालक किसानले बिक्रीका लागि बजारसम्म यसरी आउने गरेका हुन्छौँ।’
स्थानीयले दही तथा दूध बिक्री गरेर घर खर्च चलाउने गरेका छन्। व्यवसायिक रूपमा जिल्लाका विभिन्न ठाउँमा भैँसीपालन गरिए पनि देउखुरीको राजपुर गाउँपालिकाअन्तर्गत रहेको खरदरिया गाउँ भैसी पकेट क्षेत्रका रूपमा छ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया