आजै छुट्छन् ललिता निवास प्रकरणमा थुनामा रहेकाहरु ? 

जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा थुनामा रहेका १८ जनलाई छाड्न आदेश दिएको छ। 

१८ जनामध्ये १७ जनालाई धरौतीमा र एक जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ। साधारण तारेखमा छाड्न आदेश पाएका केशव तुलाधर आजै छुट्दैछन्।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले आदालतको आदेश भएबमोजिम तुलाधरलाई आजै छाडिने बताए।

उनका अनुसार अन्य १७ जनालाई भने धरौटी बुझाएमा छाडिनेछ। आजै धराैटी बुझाएकालाई आज नै छाडिने कडायतले बताए।

आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।

प्रकाशित मिति: : 2023-09-10 16:54:00

प्रतिकृया दिनुहोस्