बिएल संवाददाता
रामेछापको उमाकुण्ड गाउँपालिकाले विद्यार्थीको बर्से बिदालाई कम्प्युटरको सीप प्रदान गरेर सदुपयोग गरेको छ।
गाउँपालिकाका सबै माध्यमिक विद्यालयमा बर्से बिदाको समयमा कम्प्युटर कक्षा सञ्चालन भइरहेका छन्। गाउँपालिकामा रहेका सातवटा माध्यमिक विद्यालयमा गत असार ३० गतेदेखि दैनिक कम्प्युटर कक्षा सञ्चालन भएका गाउँपालिकाको शिक्षा शाखाका अधिकृत ङावा शेर्पाले जानकारी दिए।
हरेक विद्यालयमा दैनिक तीन/तीनवटा कम्प्युटर कक्षा सञ्चालन भइरहेका उनले बताए। ७ वटा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठदेखि कक्षा १२सम्मका विद्यार्थीहरूलाई बर्से बिदाको समयमा दैनिक दुई घण्टा कम्प्युटर कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए। ‘गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठदेखि कक्षा १२सम्मका विद्यार्थीलाई बर्से बिदालाई लक्षित गरी १५ दिने कम्प्युटर (अफिस प्याकेज) कक्षा सञ्चालन भइरहेको छ’, उनले भने।
असार ३० गतेबाट सुरु भएको कम्प्युटर कक्षा साउन १२ गतेसम्म सञ्चालन हुने शेर्पाले बताए। एउटा माविमा २० वटा कम्प्युटर भएकाले २० जना विद्यार्थीको एउटा समूह बनाएर कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए।
हरेक विद्यालयमा दुई घण्टाका दरले दैनिक तीनवटा कक्षा सञ्चालन गरिएको उनले बताए।

बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया