बिएल संवाददाता
                                रामेछापको उमाकुण्ड गाउँपालिकाले विद्यार्थीको बर्से बिदालाई कम्प्युटरको सीप प्रदान गरेर सदुपयोग गरेको छ।
गाउँपालिकाका सबै माध्यमिक विद्यालयमा बर्से बिदाको समयमा कम्प्युटर कक्षा सञ्चालन भइरहेका छन्। गाउँपालिकामा रहेका सातवटा माध्यमिक विद्यालयमा गत असार ३० गतेदेखि दैनिक कम्प्युटर कक्षा सञ्चालन भएका गाउँपालिकाको शिक्षा शाखाका अधिकृत ङावा शेर्पाले जानकारी दिए।
हरेक विद्यालयमा दैनिक तीन/तीनवटा कम्प्युटर कक्षा सञ्चालन भइरहेका उनले बताए। ७ वटा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठदेखि कक्षा १२सम्मका विद्यार्थीहरूलाई बर्से बिदाको समयमा दैनिक दुई घण्टा कम्प्युटर कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए। ‘गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठदेखि कक्षा १२सम्मका विद्यार्थीलाई बर्से बिदालाई लक्षित गरी १५ दिने कम्प्युटर (अफिस प्याकेज) कक्षा सञ्चालन भइरहेको छ’, उनले भने।
असार ३० गतेबाट सुरु भएको कम्प्युटर कक्षा साउन १२ गतेसम्म सञ्चालन हुने शेर्पाले बताए। एउटा माविमा २० वटा कम्प्युटर भएकाले २० जना विद्यार्थीको एउटा समूह बनाएर कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए।
हरेक विद्यालयमा दुई घण्टाका दरले दैनिक तीनवटा कक्षा सञ्चालन गरिएको उनले बताए।

                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया