मुख्यमन्त्रीको चाैधरीकाे निर्देशन– जनतालाई महसुस हुने काम गर्नुहोस्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले वित्तीय र भौतिक प्रगतिको प्रतिशत मात्रै हिसाब गरेर नबस्न कर्मचारीलाई निर्देशन दिएका छन्। 

कर्मचारी भौतिक र वित्तीय प्रगतिमा मात्रै केन्द्रीत हुन नहुने बताए। ‘हामी प्रतिशतको काममा अल्झिएका छौँ,’ चौधरीले भने, ‘कर्मचारी साथीहरुले अब देखिने गरी नागरिकलाई कामको महसुस हुने गरी त्यतातिर पनि ध्यान दिनुस्।’ 

प्रदेशले गौरबको रुपमा लिएको कार्यक्रम मुख्यमन्त्री आर्थिक विकास कार्यक्रको छलफल कार्यक्रममा उनले अब सञ्चालन गरिने कार्यक्रम उत्पादनमुखी गर्न आग्रह गरे। 

लुम्बिनी प्रदेशमा उत्पादन भएका विभिन्न सामाग्रीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसम्म पुर्याउने गरि योजना बनाउनु पर्ने मुख्यमन्त्री चौधरीको भनाइ छ।
 

प्रकाशित मिति: : 2023-09-06 21:32:00

प्रतिकृया दिनुहोस्