नवरात्र व्रतको पाँचौ दिन भगवती माताको स्कन्दमाता्विग्रहको पूजन–अर्चन हुन्छ। छान्दोग्य श्रुतिअनुसार भगवतीको शक्तिबाट उत्पत्र भएका सनतकुमारको नाम स्कन्द पनि हो। उनको माता हुनुको कारण यी भगवतीलाइ ‘स्कन्दमाता’ भनिएको हो।
वस्तुतः स्कन्दकी माता महादेवी पार्वती हुन तथा उनका पिता स्वयं भगवान भोलेनाथ हुन्। यो कथा श्रीमद्भभागवद् महापुराण तथा अन्य पनि कैयौं संस्कृत साहित्यका ग्रन्थहरुमा संग्रहित रहेका छन्। हामी देवसेनापति स्कन्दको चर्चा न गरेर स्कन्दमाता्भगवतीको चर्चामा छौँ। स्कन्दमाता्नवदुर्गा माताकै लहरमा पाँचौ स्थानमा रहेकी छिन्।
अतः नवरात्र जस्तो पावन अवसरमा हामीले पनि नीज स्कन्दमाताको भक्ति–अराधनामा पूर्ण समर्पित भएर लाग्नु पर्दछ तथा विधिपूर्वक पूजन–अर्चन र दैन्य प्रदर्शन गर्नु पर्दछ।
नवरात्रको व्रत ठूलो तपश्चर्यापूर्ण धार्मिक अनुष्ठान हो, भक्तहरु सावधान भएर यसको कठीन नियमहरुको पालना गर्नु पर्ने हुन्छ। अझ तेरह अध्यायसम्म कठीन संस्कृत भाषामा रचिएका श्लोकहरुको सस्वर पाठ गर्न अत्यन्त दुस्कर कार्य हो।
पाठ गर्न कठीन काम भए पनि उदार हिन्दू धर्मको स्वभाव अनुसार केही आसान उपायहरु पनि धर्मग्रन्थमा निर्दिष्ट छन्। सो अनुसार माता भगवतीलाइ प्रसत्र पार्नकोलागि केही अन्य उपायहरु मध्ये ‘सप्तश्लोकी दुर्गा’ का सात श्लोकहरुको पाठ गर्नाले पनि माता भगवती प्रसत्र हुन्छिन्। यस सम्बन्धमा शिव–पार्वतीको वार्तालाप् द्रष्टव्य छ–शिव उवाच–देवि त्वं भक्तसुलभे सर्वकार्यविभायिनी। कलौ हि कार्यसिद्धयर्थमुपायं ब्रूहि यत्नतः।। अर्थात् शिवजीले भत्रु भयो–हे देवि ! तपाइ भक्तहरुको निम्ति सुलभ हुनुहुन्छ र समस्त कर्महरुको विधान गर्ने हुनुहुन्छ। कलियुगमा कामनाहरुको सिद्धि–हेतु कुनै उपाय छ भने त्यसलाइ आफ्नो वाणीद्वारा सम्यक्रूपले व्यक्त गर्नुहोस्।
देव्युवाच–शृणु देव प्रवक्ष्यामि कलौ सर्वेष्टसाधनम्। मया तवैव स्नेहेनाप्यम्बास्तुतिः प्रकाश्यते।। देवीले भनिन–हे देव ! तपाईंको ममाथि धेरै स्नेह छ । कलियुगमा समस्त कामनाहरुको सिद्धि गर्ने जुन साधन छ त्यसलाइ बताउँदैछु। सुत्रुहोस्।
त्यसको नाम हो– ‘अम्बास्तुति’। यसमा दुर्गासप्तशतीको तेरह अध्यायहरु मध्ये छानिएका सातवटा श्लोकहरु संग्रहित छन्। यसको पाठ गर्नाले पनि माता भगवती प्रशत्र हुन्छिन्।
यस्तै प्रकार अर्को पनि एउटा देवीस्तोत्र छ जसको जाप गर्नाले देवीको पाठ सफल हुन्छ। यसलाइ ‘सिद्धकुञ्जिकास्तोत्र! भन्दछन्। यस स्तोत्रको बारेमा स्वयं शिवजीले भत्रु हुन्छ–शृणु देवि प्रवक्ष्यामि कुञ्जिकास्तोत्रमुत्तमम्। येन मन्त्र प्रभावेण चण्डीजापः शुभो भवेत्। न कवचं न अर्गलास्तोत्रं कीलकं न रहस्यकम्। न सूक्तं नापि ध्यानं च न न्यासो न च वार्चनम्।। कुञ्जिकापाठमात्रेण दुर्गापाठफलं लभेत्। हे देवी ! सुत्रनुहोस, म उत्तम कुञ्किास्तोत्रको उपदेश गर्दैछु। जुन मन्त्रको प्रभावले दुर्गा पाठ सफल हुन्छ। कवच, अर्गला, कीलक, रहस्य, सूक्त, ध्यान, न्यास यहांसम्म कि अर्चन पनि आवश्यक छैन। केवल कञ्जिकाको पाठबाट नै दुर्गा–पाठको फल प्राप्त भइहाल्दछ।
कोही शत्रुहरुबाट पीडि़त छ अथवा दुर्भेद्य बन्धनमा परेको छ भने उसले ‘दुर्गाद्वात्रिंशत्राममाला’ नामक स्तोत्रको पाठ गर्नाले सम्पूर्ण संकटहरुबाट मुक्ति पाउदछ। कवच, अर्गला, कीलक, रहस्य, सूक्त, ध्यान, न्यास तथा तेरह अध्याय दुर्गा सप्तशतीको पाठ गर्नाको आफ्नै महत्व छ तर पूर्ण आस्था, भक्ति र समर्पणका साथ आत्र्त स्वरले दुर्गा भगवतीको पुकारा गरेर आफ्नो मनोकांक्षा निवेदन गर्दा पनि दुर्गा भगवती त्यसलाइ प्रसत्रतापूर्व स्वीकार गरेर भक्तको मनोकांक्षा पूर्ण गर्दछिन्। मातासित यस पंक्तिकारको प्रार्थना–देवी प्रपत्रार्तिहरे प्रसीद प्रसीद मातर्जजगतोऽखिलस्य। प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमीश्वरी देवि चराचरस्य।।