ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष सावित हुनुभयाे: प्रधानमन्त्री (भिडियाे)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल निर्दोष सावित भएको बताएका छन्।

शुक्रबार समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै पुष्पकमलले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उक्त प्रकरणमा उनको संलग्नता नरहेको पुष्टि गरेसँगै नेता नेपाल निर्दोष सावित भएको बताएका हुन्।

‘माधवजीको बारेमा पनि धेरै प्रश्न उठ्यो। के हो? कसो हो? भनिनै राखियो। पहिलो चोटी उहाँ निर्दोष हुनुहुन्छ भन्ने औपचारिक ढंगले सावित भयो। अब फेरि प्रश्न उठाउने ठाउँ रहेन। सिआईबीले के हो भनेर बयान लियो। अन्ततः मुद्दा चलाउन नपर्ने भनेर लिखित रुपमा दियो’, उनले भने, माधवजीलाई मात्र टेन्सन भए त हुन्थ्यो, टेन्सन मलाई पनि भयाे। अन्य कुनै षड्यन्त्र हुने हो कि भन्ने आशंका थियो।’

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्षसमेत रहेका नेपालको ललिता निवास जग्गा प्रकरणमा सिआईबीले घरमै पुगेर बयान लिएको थियो।

प्रकाशित मिति: : 2023-09-01 17:10:00

प्रतिकृया दिनुहोस्