बिएल संवाददाता
इलाम- २ मा नेकपा (एमाले)काे अग्रता कायमै रहेकाे छ।
एउटा गाउँपालिका र अर्काे गाउँपालिकाकाे एउट वडाकाे मत गणना सकिँदा एमालेका सुहाङ नेम्वाङले ५ हजार २५ मत प्राप्त गरेका छन्।
त्यस्तै दाेस्राे नम्बरमा रहेका नेपाली काँग्रेसका डम्बर खड्काकाे मत ३ हजार ७ सय ५९ रहेकाे छ।
सुहामङ र डम्बरबीच १ हजार २ सय ६५ मतकाे फरक रहेकाे छ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पनि मत बढाएका छन्। उनले ९ सय ६३ बाट एकैचाेटी १ हजार ९ सय ९३ पुर्याएका छन्। चुलाचुली- १ मा थेगिमले सबैभन्दा धेरै मत प्राप्त गरेका हुन्।
चुलाचुली- १ मा थेगिमले १ हजार ३१ मत प्राप्त गरेका छन्। याे उनले फाकफोकथुम गाउँपालिकाभरिबाट प्राप्त गरेकाे मतभन्दा पनि बढी हाे।
त्यस्तै चुलाचुली- १ मा एमालेले ६ सय १४, काँग्रेसले ५ सय १ र रास्वपाले ११५ मत प्राप्त गरेका छन्।
रास्वपाका मिलन लिम्बुले अहिलेसम्म ७ सय ६० मत प्राप्त गरेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया