कोशी प्रदेश सरकारविरुद्धको मुद्दा खतिवडा र माथेमाको इजलासमा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज अन्तिम सुनाइ हुँदैछ। उक्त रिट न्यायाधीश श्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको छ।

नेकपा एमालेले दायर गरेको रिटको आज अन्तिम सुनाइका लाग न्यायाधीश खतिवडा र  माथेमाको इजलासमा परेको हो। एमालेले प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै रिट दायर गरेको थियो। 

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया नमिलेको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

भदौ ४ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिदा प्रदेश सभाको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरी समेतले मतदान गरेका थिए। त्यसपछिमात्र थापाले ४७ मत प्राप्त गर्दै प्रदेशसभाबाट विश्वासको मत पाएका थिए।  

प्रकाशित मिति: : 2023-09-01 11:00:00

प्रतिकृया दिनुहोस्