डाेल्पामा ३२ जना माओवादीमा प्रवेश

File Photo
File Photo

हिमाली जिल्ला डाेल्पाकाे ल्हाँमा ३२ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ ल्हाँमा काङ्ग्रेस, एमाले र समाजवादी पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

केन्द्रीय पार्टीले सुरु गरेको ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नारासहितको तीन महिना अभियानले ल्हाँबासीलाई उत्साहित बनाएकाे अभियानका वडा इन्चार्ज तथा प्रदेशसभा सांसद बिरबहादुर शाहीले बताए।

यस अभियानअन्तर्गत डाेल्पा पुगेका जिल्ला पार्टी इन्चार्ज नर बहादुर बिष्टकाे उपस्थितिमा सुरु गरेकाे कार्यक्रममा ३२ जना प्रवेश गरेकाे सांसद शाहीले बताए।

अभियानकाे औपचारिक उद्घाटन १६ भदाैमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरु गर्ने बताइएको छ।

प्रकाशित मिति: : 2023-08-31 17:39:00

प्रतिकृया दिनुहोस्