ओलीले सर्वदलीय बैठकमा हाम्राे पार्टीलाई निषेध गरे: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई निषेध गरेको आरोप लगाएका छन्।

शनिबार पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको बताएका हुन्।

‘ओलीले यो पार्टीको मतलब नै नराख्ने। हुँदा हुँदा हिजो अस्ती त संसद्मा अरू सबै पार्टी हुन्छ। तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन्’, उनले भने, ‘र, त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरू सबै बसे ६ वटा पार्टी। राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन्।’

प्रकाशित मिति: : 2023-08-26 15:20:00

प्रतिकृया दिनुहोस्