शिक्षा ऐनको कारण नर्सिङ कलेजहरु बन्द भएको भन्दै प्राविधिक चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले प्रदर्शन गरेको छ।
समितिले शनिबार चिकित्सा शिक्षा ऐन र गोविन्द केसीविरुद्ध माइतीघरमा प्रदर्शन गरेको हो।
सङ्घर्ष समितिले बिहीबार १४ बुँदे माग राख्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। सोहीअन्तर्गत तेस्रो चरणको आन्दोलन माइतीघरमा गरिएको हो।
उनीहरुले ‘एमसीइ गर्दैछ भ्रमको खेती युवा विदेशमा बेची, नेपालमा पढ्दा चिकित्सा ऐन विदेशमा पढ्दा मन बेचैन, गरिखान, विदेशी भर्ना तारे होटलमा नेपालमा भर्ना १० महिना, विद्यार्थी बेच्ने चिकित्सा शिक्षा ऐन चाहिँदैन’ लगायतको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।