प्रमुख प्रतिपक्षी नेकपा(एमाले)ले संसदमा नाराबाजी गरेकाे छ।
शुक्रबार बसेकाे प्रतिनिधिसभा बैठक सुरू भएलगत्तै एमाले सांसदहरूले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै नाराबाजी गरेका हुन्।
एमालेकाे अवराेधका कारण बैठक स्थगित भएकाे छ। प्रतिनिधिसभाको अर्को बैठक यही साउन २९ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हाे।