तामाङ र मगर समुदायबारे विवादास्पाद दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ थुनामुक्त भएकी छन्।
तामाङ र मगर समुदायका व्यक्तिहरुको उजुरीपछि बुधबार पक्राउ परेकी उनलाई हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति नदिएको काठमाडौँ प्रहरीले जनाएको छ।
अदालतले उनलाई अनुसन्धानको लागि हिरासतमा राख्नुनपर्ने उल्लेख गरेको प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमुध ढुङ्गेलले जानकारी दिए।
शीतलले प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा तामाङ र मगर समुदायको विवाह सम्बन्धबारे टिप्पणी गरेकी थिइन्। उनको टिप्पणीप्रति उक्त समुदायका व्यक्तिहरुले आपत्ति जनाएका छन्।