
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
बिएल संवाददाता
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन भोलि (सोमबार) मात्रै बुझाउने भएको छ।
करिब दुई महिना लामो अनुसन्धानपछि काठमाडौँ प्रहरी परिसरले आज (आइतबार) सरकारी वकिलको कार्यालयलाई बुझाउने बताएपनि आवश्यक तयारी पूरा नभएकोले सोमबार मात्रै बुझाउने सरकारी वकिलको कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए।
प्रहरीले ६० दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ। प्रहरीले अनुसन्धान सुरु गरेको आज ५८ दिन पुगेको छ।
प्रहरीले यो ५८ दिनको अवधिमा एमाले नेता एवम् पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, काँग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डेलगायत १६ जनालाई पक्राउ गरी बयान लिएको छ।
प्रहरीले यो प्रकरणमा ३२ जनाविरुद्ध विभिन्न तीन शीर्षकमा मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गर्ने तयारी गरेको छ।
यो प्रकरणको मुख्य योजनाकार टोपबहादुर रायमाझी रहेको प्रहरीको निष्कर्ष रहेको छ।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया