काँग्रेसले समुदायमा ‘काँग्रेस अभियान’ सञ्चालन गर्ने

काँग्रेसले समुदायमा काँग्रेस अभियान सञ्चालन गर्ने भएको छ। काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यही भदौ १० गतेदेखि २४ गतेसम्म समुदायमा काँग्रेस अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

महामन्त्री विश्वप्रकाश शर्माले उक्त अभियान राष्ट्रव्यापी रुपमा गरिने जानकारी दिए। राष्ट्रव्यापी समुदायमा काँग्रेस अभियान सञ्चालन गर्नुपूर्व यही साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियन सञ्चालन गरिने शर्माले बताए।

प्रकाशित मिति: : 2023-07-26 18:27:00

प्रतिकृया दिनुहोस्