यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
हिमाल खबर
बौद्ध धर्मको पञ्चशील आध्यात्मिक साधनाका लागि मात्रै नभएर लौकिक जीवनमा पनि खुशी र समृद्धि दिने कुरा हुन्। यिनलाई अक्षुण्ण राख्न सके मानिस आनन्दित हुन सक्छ।
हाँसो, हँसिलो मुहार र खुशीबीच अन्योन्याश्रित सम्बन्ध छ। हँसिलो मुहारको स्रोत सुख, समृद्धि र खुशी हो। यो कसरी हुन्छ भन्ने प्रश्नमा विश्वभरका दार्शनिक तथा चिन्तक लामो समयदेखि घोत्लिँदै आएका छन्।
सुख वा खुशी प्राप्तिका लागि जुन कुराको पछाडि मानव जाति जीवनभर दौडिरहेको हुन्छ, वास्तवमा त्यही कुराले उसलाई दुःख दिइरहेको व्याख्या पनि भेटिन्छ। दार्शनिक जगत्मा ‘ब्रह्म सत्य, जगत् मिथ्या’ भन्ने एउटा चिन्तन पाइन्छ, जसले सारा भौतिक कुरा नकार्न सिकाउँछ र अभौतिक वा पारलौकिक कुरा प्राप्तिका लागि भौतिक शरीरलाई नै तड्पाएर साधना गर्न सुझाउँछ।
मध्यममार्गीका रूपमा पनि चिनिएको बौद्ध दर्शनमा ‘चतुुर्ब्रह्मविहार’ लाई मानिसको गहना मानिन्छ। यस अन्तर्गत मानिसले आन्तरिक रूपमा चार कुरा विकास गर्नुपर्छः मैत्री, करुणा, मुदिता र उपेक्षा। सबै सम्बन्धमा आत्मीयता र हार्दिकताले मैत्रीपूर्ण वातावरण सिर्जना गर्छ, जुन आफैंमा खुशीको स्रोत हो। दीनदुःखीप्रति दयाभाव राख्दा ‘राख्ने’ र ‘राखिने’ बीच तहगत विभेद उत्पन्न हुन्छ, र तहगत विभेद हुन्जेल करुणा जागृत हुँदैन।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया