
सन्तोष अर्याल
अनेक दुष्टहरू मिली
राजनैतिकको चाल चली
षड्यन्त्रको जाल बिछाई
प्रजालाई दलदलमा पारी
सुन्दर भविष्यको तलाशमा रहेका
निहत्था प्रजाको मस्तकमा
आज बन्दुक ताकेको छ
आसुरी प्रवृति भएका सैनिकले
आज मेरा देश बासीलाई!
देशको हितमा सुकर्म नगरी
प्रजाको रक्त निमोठी
अमृत समान बनाई
आफ्नो स्वार्थका निम्ति
अनेक चक्रव्यू रची
मेरो देशलाई आज नाङ्गो पारेका छन्
यी देशद्रोही असुरहरूले!
देशको अनेक रत्न बेच्यो
देश बनाउँछु भनी,
भएन भनी समुन्द्र समेत बेच्यो
देश बनाउँछु भनी,
यी पाखण्डि देशद्रोहीले!
अब सतर्क रहेस्-
यस दुष्कर्मको परिणाम स्वरूप
प्रमात्माको भेट
आज संसारमा
एक किरण समान नारीको
रूपमा घुमी रहेछ,
तेरो मृत्युको आह्वान गर्दै ..
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया