फोहोरले कुरूप माइतीघर, राेग फैलने डर (भिडियाेसहित)

BreaknLinks
BreaknLinks

सरकारले आन्दोलनका लागि तोकेको ठाउँ हो, काठमाडौंको माइतीघर। राजधानीमा जहात्यहीँ प्रदर्शन गर्न मनाही छ, त्यसैले माइतीघर मण्डला आन्दोलन गर्ने एक थलाे हाे। 

काठमाडौंमा जहाँत्यही आन्दोलन गर्न निषेध छ। माइतीघर सबैको न्याय पाउने ठाउँ हो भन्दा पनि हुन्छ। 

जिल्लामा न्याय नपाएमा जोकोही माइतीघरमा आएर धर्ना बस्ने, अनसन बस्ने, दैनिक आन्दोलन गर्ने गर्छन्। आन्दोलनरतलाई राजनीतिक दलका नेतादेखि सरकारका व्यक्तिहरु यही गएर भेट गर्छन्। माइतघरमा आन्दोलन गर्दा नसुनेपछि र्याली गरेर नयाँ बानेश्वरसम्म पुग्छन्। 

तर फेरि न्याय नपाउँदासम्म माइतीघरमा बस्नुको विकल्प आन्दालनकारीसँग छैन। पछिल्लो दिनमा माइतीघरमा आन्दोलन गर्नेहरुको तछाडमाछाड जस्तै छ। एक जना व्यक्ति अनसनमा बस्नेदेखि लघुवित्त पीडितहरुको पीड माइतीघरमा छ। 

एक महिनाअघिसम्म माइतीघरमा यति धेरै आन्दोलन गर्नेहरु थिएनन्। माइतीघरको छेउमा फुलहरु थिए। सडकको छेउमा फुल उम्रदै थिए। विरुवाहरु हुर्कदै थिए। 

तर अहिले त्यस्तो छैन। फुलहरु देखिदैनन। हुर्कदै गरेका विरुवाको नामोनिसाना छैन। अझ अहिले त फोहोर बढ्दै गरेको छ।

माइतीघर आन्दोलन गर्ने थलो हो कि सुकुम्बासी बस्ती बसेको हो? नयाँलाई छुट्याउन गाह्रो हुन्छ। दिउँसो होस कि राती मानिसको भीड उस्तै छ। 

माइतीघरमा टेन्ट नै टाँगेर बसेका छन्। जसले गर्दा यहाँको सौन्दर्य मात्र हराएको छैन, फोहोरसमेत बढ्दै गएको छ। जसले न्याय माग्न आएकाहरु रोगबाट थलिन सक्ने अवस्था छ। 

खाना खाएर छाडिएका प्लेट, बोतल, आदि वस्तुहरु असरलल्ल सडकमा फ्याँकिएका छन्। कपडा धोएर बत्तीका तारमा टगाईएका छन्। फोहोरबाट बगेका लिच्चडले हिड्नसमेत अफ्ठयारो छ। वरपर झिंगा भन्किन्छन्। लघुवित पीडित त्यहीँ बस्छन्, खान्छन् र फोहोर फाल्छन्। जसकारण सुन्दर माइतीघर कुरुपजस्तै देखिन्छ। 

प्रकाशित मिति: : 2023-07-25 20:00:00

प्रतिकृया दिनुहोस्