‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
नयाँ पत्रिका दैनिक
ओलीवरपर रहेका नेताहरूको व्यक्तित्व ठूलो क्षय भएको छ। अब उहाँ माधव नेपाल, शेरबहादुर वा प्रचण्डका लागि होइन, आफ्नै मान्छेका लागि रोकिनुपर्ने ठाउँमा हुनुहुन्छ।
केपी ओलीले पानीजहाजको टिकट बुकिङ खुला गरेको १६ पुस ०७५ मा हो। ३० असार ०७८ मा बालुवाटार छाड्दा पनि बुकिङ खुला नै थियो, केवल पानीजहाज थिएन। चुनावी वाचाअनुसार त ‘बा’ मोनोरेलबाट बालकोट फर्कनु थियो। चुच्चे मुख भएको रेलमा होर्डिङ बोर्ड टाँगिनु थियो। पानीजहाजको झन्डामा फोटो हुनु थियो। भएन। क्षतिपूर्ति युथफोर्सको स्कर्टिङले गर्यो, स्कर्टिङ नै मोनोरेल भयो। लज्जाजनक बहिर्गमनलाई उत्सव बनाउने त्यो दयनीय प्रयास शवयात्रामा पञ्चेबाजाजस्तै थियो, तर ‘बा’ले रोक्नुभएन, रोकिनुभएन। यसअघि एमालेकै तीन प्रधानमन्त्रीले बालुवाटार छाडेका थिए, तर यस्तो देखिएको थिएन। यो त नयाँ एमाले थियो, ‘बा’ एमाले।
एमाले सुदृढ लोकतान्त्रिक परम्परा भएको कमरेडहरूको पार्टी थियो, सिपीदेखि झलनाथ, मदन, माधव, फेरि झलनाथ र ओलीसम्म सहज नेतृत्व हस्तान्तरणको परम्परा भएको पार्टी। सिपीदेखि मदन भण्डारीसम्मलाई कमरेड भएरै पुग्यो। वृद्ध मनमोहन अधिकारीलाई पनि ‘बा’ हुन परेन। अहिले ओली जस्तो एमाले र जसको एमाले बनाउँदै हुनुहुन्छ, त्यसको उच्च रूप त्यही बालकोट यात्रा थियो। अब अनुमान मात्र गर्न सकिन्छ, सडिसकेको राजनीतिको कुन तहसम्मको भिजिलान्तेकरणपछि ‘बा’को चित्त बुझ्छ ?
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया