बिएल संवाददाता
प्रतिनिधि सभामा नवनिर्वाचित सदस्य महावीर पुनमाथि किताब बेचिरहेको बेला दुर्व्यवहार गर्ने एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं. १३ बाँझापाटन बस्ने ४३ वर्षका विकास गुरुङ छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले वडा नम्बर ९ महेन्द्रपुलबाट गुरुङलाई पक्राउ गरेको डीएसपी हरिबहादुर बस्नेतले बताए।
म्याग्दीबाट निर्वाचित सांसद पुनमाथि पोखराको पृथ्वीचोकमा किताब बेचिरहेका बेला ती पुरुषले अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
प्रहरीका अनुसार गुरुङले लागूऔषध मुद्धामा पटक–पटक सजाय भुक्तान गरेको समेत पाइएको छ। उनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया