यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
प्रहरीले विनयजंग बस्नेतलाई पक्राउ गरेपछि बीबीसीको शक्तिशाली महिलाको सूचीमा रहेकी सपना रोका मगरले सामाजिक सञ्जलमार्फत आफ्नो प्रतिकृया दिएकी छिन्।
महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार बस्नेतलाई गोंगबुबाट पक्राउ गरेपछि उनले अब सत्यतथ्य कानूनी प्रक्रिया अनुसार बाहिर आउने बताएकी हुन्।
‘धेरै जनाको जिज्ञासा थियो म किन बोली रहेको छैन भनेर। कानून भन्दा माथि हामी कोही पनि थिएनौं । सम्पूर्ण प्रहरी प्रशासनको अर्थक प्रयासपछि विनयजंग बस्नेतलाई पक्राउ गरिएको छ। अब सत्यतत्थ कानुनी प्रक्रिया अनुसार नै बाहिर आउँछ,’ उनले लेखेकी छिन्।
सपानाले आफ्नो चरित्र हत्या गर्न धेरै कोशिश गरेको र कतिपय सफल पनि भएको प्रतिकृया दिएकी छिन्।
‘धेरै नै कोशिश गर्नु भयो मेरो चरित्र हत्या गर्नको लागि। कतिपय त सफल पनि हुनुभयो’, उनले लेख्छिन्, ‘तर सबै जनालाई अवगत नै छ अराजकहरु क्षणिक को लागि विजय हुन्छन् र सत्य ढिलो नै सही बाहिर पक्कै आउँछ।’
बस्नेतले युट्युबमार्फत आफ्नो अश्लिल तस्वीर देखाएर चरित्र हत्या गरिदिने धम्की दिएको भन्दै सपनाले आइतबार जाहेरी दार्ता गराएकी थिइन्।
सँगै बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनय र सपनाबीचको खटपट पछिल्लो समय सर्वजनिक भएको थियो।
बिबिसीको सूचीमा चयन भएको केही समयपछि उनीहरुबीच विवाद सुरु भएको थियो। अहिले उनीहरु छुट्टा छुट्टै समूहमा काम गर्दै आएका छन्।
सपनाको जाहेरी पछि प्रहरीले बस्नेतको खोजी सुरु गरिएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया