बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले महासचिव शंकर पोखरेलसँग कुनै मनमुटाव नरहेको बताएका छन्।
शनिबार स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिने क्रममा ओलीले महासचिवसँग कुनै मनमुटाव नभएको दाबी गरे।
‘महासचिवसँग मनमुटाव देखिएको र फोन नउठाएको कुरा सार्वजनिक भएका छन्, त्यसमा कतिको सत्यता छ?’ भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘विल्कुल छैन।’
शुक्रबारको बैठकमा केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटीमा सदस्य थप, पोलिटब्यूरो, ज्येष्ठ कम्युनिस्ट मञ्च र विभागका जिम्मेवारी दिने सन्दर्भमा ओलीले एकल रुपमा तयार पारेको सूची पेश गर्न खोजेपछि अस्वीकार गरिएको थियो।
बैठकलगत्तै शुक्रबार राति घर पुग्नेबित्तिकै ओलीले फोन गर्दा पोखरेलले फोन नउठाएको भन्दै मिडियामा समाचार सार्वजनिक भएका थिए। त्यसपछि ओलीले विष्णु रिमाललाई पठाएर पोखरेललाई गुण्डु झिकाएको बताइएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया