बिएल संवाददाता
भारतमा कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपके विमानबाटै पक्राउ परेका छन्।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआरको निलम्बनको माग गर्दै जन्तर मन्तरमा आयोजित विरोध प्रदर्शनमा सामेल हुन मुम्बईबाट जहाजमार्फत दिल्ली गएका दीपकेलाई प्रहरीले दिल्ली विमानस्थलबाट पक्राउ गरेको हो।
उनले प्रधानमन्त्री नरेन्द्र मोदी जनतासँग डराएको आरोप लगाएका थिए। उनले नरेन्द्र मोदी इन्दिरा गान्धीभन्दा पनि तानाशाही बनेको दीपकेले बताएका छन्।
उनीसँगै कक्रोजका आशुतोष रान्का र सौरभ दास पनि पक्राउ परेका छन्। यसअघि, प्रहरीले युट्युबर ध्रुव राठीलाई उनको गुरुग्रामस्थित निवासबाटै पक्राउ गरेको थियो। राजधानीका विभिन्न स्थानबाट ६ सय बढी समर्थकहरूलाई पक्राउ गरिसकेको छ।
प्रदर्शनलाई ध्यानमा राख्दै मोदी सरकारले दिल्लीको सुरक्षा कडा बनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ। दिल्लीका दर्जनौँ मेट्रो स्टेसन बन्द गर्ने आदेश दिइएको छ भने केही रेल सेवा पनि रद्द गरिएका छन्। दिल्ली जन्तर मन्तर क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया