कांग्रेस बैठक: बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।

केन्द्रीय कार्यालय सानेपामा अहिले बिहान ११ बजेबाट सुरु हुने बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।

मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अहिलेसम्म ८१ जना सदस्यहरूले धारणा राखेका छन्।

केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना र अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले पेश गरेको अनुशासन समितिको टिपोटमाथि केन्द्रीत रहेर आफ्नो धारणा राखिरहेकै छन्।

केन्द्रीय सदस्यहरूले पार्टीका शीर्ष नेताहरूले नै गुटको नेतृत्व गर्दा पार्टी विभाजित बनेको भन्दै आपत्ति जनाएका छन्। बैठकको सामाजिक सञ्जालमार्फत लाइभ हुँदै आएकोमा भने केन्द्रीय सदस्यहरूले नेतृत्वको प्रशंसा गर्दै आएका छन्।

प्रकाशित मिति: : 2023-07-21 08:27:00

प्रतिकृया दिनुहोस्