एक सय किलो सुन बरामद भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई मन्त्रालय बोलाएका छन्।
राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो।
उक्त घटनामा सोधपुछका लागि गृहमन्त्रीले महानिर्देशक पौडेललाई सोधपुछका लागि मन्त्रालय बोलाएका हुन्।
बुधबार साँझ विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो।
विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो। त्यसपछि आज बिहानसम्म थप चार जना गरी हालसम्म ६ जनालाई पक्राउ गरिएको छ।
सुन हङकङबाट ल्याइएको खुलेको छ। नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो।