पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
बिएल संवाददाता
पछिल्लो समय नेपालको राजनैतिक वृत्तमा नयाँ-नयाँ 'ट्वीस्ट'हरू थपिरहेका छन्।
विभिन्न प्रमुख राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्वका कारण नयाँ-नयाँ अनपेक्षित दृश्यहररू देख्न पाइएको छ।
वर्तमान समयमा सबैभन्दा ठूलो दल मानिने नेकपा (एमाले) पनि अन्तत: विभाजित भइसकेकाे छ। पार्टी अध्यक्ष केपी शर्मा ओली एकातिर छन् भने वरिष्ठ नेता माधव नेपालले पनि नयाँ नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरिसकेका छन्।
एमाले विभाजनबाट नेपाली कांग्रेस र माओवादी केन्द्रसहित अन्य विभिन्न दलहरुले लाभ लिइरहेकाे स्पष्ट देख्न सकिन्छ। बुधबार ओलीले पत्रकार सम्मेलन नै गरेर एकताकाे सन्देशसहित पार्टीकाे आगामी गतिविधिबारे जानकारी गराए। पत्रकार सम्मेलन गर्नुपूर्व ओलीले मंगलबार पनि स्थायी कमिटीकाे बैठक बाेलाएका थिए।
जब स्थायी कमिटीकाे बैठक सकियाे...
मंगलबार साँझ च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा स्थायी कमिटीकाे बैठक बसेकाे थियाे। बैठक सकिएपछि सबै नेताहरू एक-एक गर्दै हँसिलाे अनुहारसहित बैठक स्थलबाट निस्किरहेका थिए। भवन बाहिर उनीहरूले सामूहिक फाेटाेसमेत खिचाए।
तर संयाेग– फाेटाे खिचाइसकेपछि सबै नेताहरु आ-आफ्नाे गाडीतर्फ लाग्दै थिए। त्यतिकै बेला भीम रावलले भने अचानक रघुजी पन्तकाे दाहिने हात समाते र विस्तारै आफूतिर लतार्दै गेटसम्म लगे।

उनले नेता रावलकाे कानमा केही खासखुस गरिरहेका थिए। उनीहरूकाे खासखुस सुन्न नेता सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली पनि टुप्लुक्क आइपुगे। र पाण्डे र ज्ञवालीले पनि रावलकै कान नजिक पुगेर केही भनेजस्ताे गरे।
उनीहरू पत्रकारभन्दा करिब १० मिटरकाे दुरीमा खासखुस गरिरहेका थिए। उनीहरूबीचकाे खासखुस 'चार भाइ'बाहेक अरूले सुन्नै पाएनन्न। पत्रकारहरूले पनि उनीहरुकाे खासखुस तस्वीरमा मात्र क्याप्चर गर्न भ्याए।
रावल, ज्ञवाली, पाण्डे र पन्तकाे खासखुस पत्रकारहरूले अर्थपूर्ण रुपमा नियालिरहेका थिए।

पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया