काँग्रेस केन्द्रीय समिति बैठक फेसबुक पेजमार्फत् लाइभ हुने

फाइल तस्विर
फाइल तस्विर

आज (मंगलबार) बस्ने नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक फेसबुक पेजबाट लाइभ हुने भएको छ।

सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले राखेको प्रस्तावअनुसार बैठकको भिडियो फेसबुक पेजमार्फत लाइभ गर्ने तयारी भएको पार्टी कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्दैछ।

बैठकमा १० वटा एजेण्डा तय भएका छन्।

सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले राखेको प्रस्तावअनुसार बैठकको भिडियो फेसबुक पेजमार्फत लाइभ गर्ने तयारी भएको पार्टी कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति: : 2023-07-18 10:17:00

प्रतिकृया दिनुहोस्