
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
योगी नरहरिनाथ, रत्नाकर देवकोटा र डाक्टर सौभाग्य शाहा जस्ता सशक्त अध्येताहरु जन्मनुले कर्णालीकाे प्राज्ञिक इतिहास गर्विलाे देखिन्छ।
तर, शक्तिशाली राज्यलाई गाेर्खालीहरुले षड्यन्त्र गरेर हराएसँगै कर्णालीका नागरिक र भूगोलसँग केन्द्र सरकारकाे कुदृष्टि लाग्याे। बाेलीमा सबै नेपाली भनिएपनि व्यवहारमा कर्णालीका नागरिकलाई दोस्रो दर्जाको जस्तो बनाइरहयाे। जुन आज पर्यन्त कायम छ।
जुम्ली राजाले तीन पटक धुलाे चटाएर प्रतिरोध आन्दोलन गर्दा पनि षड्यन्त्र पुर्वक चाैथाे पटक जितेका गाेर्खालीहरुले दबाउने रणनीति लिए। परिणाम कर्णालीमा गतिला स्कूल, कलेज र महाविद्यालयहरू खोलिएनन्। जसले सांस्कृतिक स्तर निकै कमजोर हुन गयो।
त्यसकाे फलस्वरूप कर्णालीकाे राजनीति, कर्मचारीतन्त्र, न्यायलय लगायतका सरकारी संयन्त्रमा पहुँच बन्न सकेन। कर्मचारी संयन्त्रमा कर्णालीका मान्छे नहुँदाका सकसहरु वर्णनगरिसाध्य छैनन्। आजपनि गाउँमा काठमाडौं देखि डाेटीसम्मका कर्मचारीले दिएका दु:ख र भोगेको पीडाका कथाहरु छन्।
यसकाे मुल जराे कर्णालीलाई राज्य संयन्त्रले लामो समय गरिबी, भोकमरी र अशिक्षाको पर्याय बनाउनु हाे। कर्णालीका नागरिकहरुको स्वाभिमान, ईमान, इज्जत र वैभवको कुनै मूल्य नबुझ्नु हाे।
राज्यकाे व्यवहारका कारण इतिहासदेखि हालसम्मको लेखाजोखा र त्यसमाथिको औचित्यपूर्ण बहस गर्ने आँट कर्णालीले गर्न सकेन। आलोचनात्मक चेत भुत्ते भएपछि राज्यका कुन कुन संयन्त्रमा पस्नसक्दा पहुँच बन्छ भन्ने पनि थाहा भएन। परिणामा सार्वजनिक सेवा दिने कर्मचारी संयन्त्रमा कर्णाली इतरका मान्छेहरुकाे हालीमुहाली भयाे। उनीहरुले मनलाग्दाे गरे।
नेपाली भाषाको उद्गम थलो, जाे वर्तमान नेपाली भाषाको मातृभाषा हुँदा पनि राज्य नामकाे संयन्त्रले गाेर्खाली चस्माबाटै मात्र हेरिदिदा कर्णाली फक्रिन पाएन।
नेपालको मध्यकालीन इतिहासमा महत्वपूर्ण स्थान ओगटेको कर्णाली अहिलेको नेपालको काठमाडौं भन्दा महत्वपूर्ण क्षेत्रको रुपमा चिनिन्थ्यो। मध्यकालमा आर्थिक र सैनिक शक्तिको दृष्टिकोणले सम्पन्न र बलियो कर्णाली गरिबीको रेखामुनि रहेको ठुलो जनसंख्याको हिस्सा ओगटेर पछाडि परेको प्रचार गरियाे।
तर साधन स्रोतले सम्पन्न र प्रचुर सम्भावना बोकेर पनि कर्णाली पछाडि पारिएका तथ्यहरु छन्। गर्खा राज्यसँग कर्णाली हारेकाे थियाे। युद्धमा हारेको शक्तिलाई जितेको शक्तिले सदैव दबाउँछ। याे युद्ध पछिकाे नियम नै हाे। तर देशमा गोर्खाली शाह वंशीय सत्ता गुमेको पनि १५ वर्ष बितिसक्यो। याे अवधिमा पनि काठमाडौंको सत्ताले कर्नालीलाई गोर्खालीहरुकै पुरानो चस्माले हेर्यो।
शासक फेरिए पनि सत्ताको चरित्र फेरिएन। श्रीपेच नभएका थुप्रै नयाँ राजाको उदय याे। कर्णाली अब नयाँ शासकहरुमा गोर्खालीहरु अवतार भएकाे बाहेक अरु देख्दैन।
त्यसै अब कर्णाली कसैकाे भर नपरि आफै संघर्ष गरिरहेकाे छ। जसरी अफ्रिकनहरुले संयुक्त राज्य अमेरिकाकाे दासताबाट मुक्त हुन उनीहरुकै भाषामा आफ्ना साहित्य मार्फत हस्तक्षेप गरे, त्यसरी नै कर्णालीले ब्युरोक्रेसीमा आफ्नाे पकड जमाउन सफल भएकाे छ।
एक दशक अगाडिसम्म ‘ब्युरोक्रेसी’मा विरलै भएकाे पहुँच आज उल्लेख्य रुपमा विस्तार भएकाे छ। सचिव बाहेक सबै तहकाे जनशक्तिमा कर्णाली आक्रामक ढंगले आइरहेको छ। केही दिन अगाडि प्रकाशित शाखा अधिकृत पदमा कर्णालीका ४० जनाले परीक्षा उतीर्ण गरे। याे संख्या हरेक वर्ष बढ्दो क्रममा छ।
राज्यले कर्णालीमा राम्रा कलज महाविद्यालयहरु नखाेले पनि काठमाडौं गएर पढाइ र अवसरमा पहुँच बढाउने काम कर्णालीले गरिरहेकाे छ। केही वर्ष यता थुप्रैले विभिन्न प्रतिष्पर्धामा सामेल भएर आफूलाई अब्बल सावित गरिसकेका छन्।
अवसर नदिएर सँबै पीछडिएकाे क्षेत्रमाकाे रुपमा परिचित गराउने राज्यलाई समान र समानुपातिक अवसर मिले देशका जुनसुकै कुनामा जन्मेका युवाले पनि आफूलाई अब्बल सावित गर्न सक्षम हुनेछन् भनेर कर्णालीले प्रमाणित गरिदिएकाे छ।
१ .
२ .
३ .
४ .
५ .