सनीराज शाक्य
एकै परिवारका तीन जनाको हत्या र एककाे आत्महत्यापछि काठमाडौँको नागार्जुन नगरपालिका-६ सितापाइलास्थित भैरबटोल शाेकमग्न बनेकाे छ।
बुधबार बिहान सोलखुम्बुको दूधकुण्ड घर भई सितापाइलाकाे भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया प्रेमकुमारी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षकी नातिनी शिवानी श्रेष्ठको हत्या भएको हाे।
प्रेमकुमारीका श्रीमान राजु घिमिरे भनिने काजी विकले तीनै जनाकाे हत्या गरेकाे प्रहरीको प्रारम्भिक अनुसन्धान छ। प्रहरीका अनुसार उनले श्रीमती, छाेरी र नातिनीकाे हत्यापछि आत्महत्या गरेका छन्।
बिहान साढे ९ बजेपछि कोठाभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसको केही समयपछि राजु पनि घरभन्दा केही परको जङ्गलमा झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुग्दा उनको मृत्यु भइसकेको थियो।












नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया