रविन भण्डारी
काठमाडौँको सीतापाइलामा एकै परिवारका तीनजनाको हत्या गरी एक पुरूषले आत्महत्या गरेका छन्।
नागार्जुन नगरपालिका वडा नम्बर ६ मा बस्ने राजु घिमिरेले श्रीमती प्रेम कुमारी श्रेष्ठ, छाेरीहरू ८ वर्षीया छोरी अनिशा र २ वर्षीया छोरी शिवानीको हत्या गरेको प्रहरीले बिएल नेपाली सेवालाई जानकारी दिए।
राजुको शव प्रहरीले घटनास्थल नजिकैको जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला पारेको छ।
आत्महत्या गर्नुअघि राजुले ससुरालाई फाेन गरेर आफूले तीनै जनाकाे हत्या गरेकाे बताएकाे ससुरा इन्द्रजित श्रेष्ठले जानकारी दिए।
‘मार्ने मान्छे (राजु)ले फाेन गरेर ल मैले स्वास्नी-छाेरी, नातिनी मारेँ। जे गर्नुपर्छ ससुराबा गर्नु है भनेर मलाई फाेन गरेकाे थियाे अनि मैले पुलिसलाई फाेन गरेँ। म पनि घटनास्थलमा पुगेँ। उस (राजु)ले पनि माथि डाँडामा पुगेर झुण्डिएर आत्महत्या गरेछ’, ससुरा इन्द्रजितले भने।
मंगलबार साँझ राजुले श्रीमती र दुई छोरी लिएर आएकाे र खाजा खाएर फर्किएकाे इन्द्रजितले बताए। उनका अनुसार राजु आफन्तलाई भेट्न अस्पताल पुगी राति १ बजे फर्किए काेठामा सुतेकाे र बिहान सवा ७ तिर छाेरी र नातिनीकाे हत्या गरेका थिए।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया