परराष्ट्रमन्त्री साउद आज थाइल्याण्ड जाँदै

फाइल तस्बिर
फाइल तस्बिर

परराष्ट्रपति एनपि साउद आज थाइल्यान्ड जाँदैछन्। 

बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो।

आज दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्ने मन्त्री साउदको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य मुलुक छन्। यसमा सार्कमा रहेका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स भने सामेल छैनन्। बिमस्टेकलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को स्थानमा भारतले अघि सारेको क्षेत्रीय संगठनको रुपमा पनि लिइन्छ।

प्रकाशित मिति: : 2023-07-16 07:42:00

प्रतिकृया दिनुहोस्