कम्बोडिया जाँदै ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया जाँदै छन्।

उनी मंगलबार कम्बोडिया जान लागेका हुन्। 

शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि अध्यक्ष ओलीको विदेश भ्रमणबारे उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन्।

उनका अनुसार साउन ६ गतेसम्मका लागि ओली कम्बोडिया भ्रमणमा जान लागेका हुन्।

प्रकाशित मिति: : 2023-07-15 19:03:00

प्रतिकृया दिनुहोस्