कोपा अमेरिका

पानामाले अमेरिकालाई हरायो

Photos/USSF/Getty Images for USSF
Photos/USSF/Getty Images for USSF

पानामाले अमेरिकामाथि जित हासिल गरेको छ। कोपा अमेरिका अन्तर्गत समूह सी को खेलमा पानामाले अमेरिकालाई २-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ।

पानामाको जितमा सेसार ब्ल्याकम्यान र जोसे फजारडोले एक-एक गोल गरेका थिए। त्यस्तै अमेरिकाका लागि फोलारिन बालोगनले एक गोल गरेका थिए।

पानामाले १-० गोलले पछि परेको अवस्थमा कमब्याक गर्दै जित हासिल गरेको थियो। यस खेलमा दुवै देशका एक-एक खेलाडीले रातो कार्ड पाएका थिए। खेलको १८औँ मिनेटमा अमेरिकाका टिमोथी विहले रातो कार्ड पाएका थिए। भने खेलको ८८औँ मिनेटमा पानामाका अडालबेर्टो कारसक्वेलाले रातो कार्ड पाएका थिए।

पानामाको यो जितपछि समूह सी मा २ खेलमा ३ अंक हासिल गरेको छ। र, तेस्रो स्थानमा रहेको छ। त्यस्तै अमेरिकाको पनि २ खेलमा ३ अंक छ र दोस्रो स्थानमा रहेको छ।

अब पानामाले आफ्नो समूह चरणको अन्तिम खेल जुलाई २ मा बोलिभियासँग खेल्ने छ। भने, अमेरिकाले सोही दिन उरुग्वेको सामना गर्नेछ।

प्रकाशित मिति: : 2024-06-28 07:03:00

प्रतिकृया दिनुहोस्