यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
अमेरिकाको मेरिल्याण्ड राज्यको लेफ्टिनेन्ट गभर्नरमा भारतीय मुलकी अरूणा मिलर भारी बहुमतले बिजयी भएकी छिन् । डेमोक्रेटिक पार्टीको तर्फबाट गभर्नर उम्मेद्वार वेस मुरकी लेफ्टिनेन्ट गभर्नरका रूपमा उम्मेद्वार भएकी उनी भर्भनर मुरसँगै विजयी भएकी हुन् । यो जोडीले ९०८,०७४ (५९.६५%) मत प्राप्त गर्यो भने उनीहरूको प्रतिद्वन्दी रिपब्लकिन पार्टीको उम्मेद्वार जोडीले ५६२,४८१ (३६.९५%) मत प्राप्त गर्यो ।
यो जीतसँगै अरूणा मेरिल्याण्ड राज्यको लेफ्टिनेन्ट गभर्नर हुने पहिलो एसियालीमूलकी राजनीतिज्ञ भएकी छिन् ।
वेस मुर र अरूणा मिलरको जोडीले डेमोक्रेटिक पार्टीभित्रको मध्यमार्गी धारको प्रतिनिधित्व गर्दछ । शिक्षा, जलवायु र अर्थव्यवस्था तीन मुद्दालाई केन्द्रमा राखेर चुनाव जितेको यो जोडी आप्रवासीमैत्री नीतिको हिमायति हो ।
अरूणा मिलर भारतीय मूलकी एक चर्चित अमेरिकी राजनीतिज्ञ हुन् । भारत हैदराबादको एक भारतीय परिवारकी सात वर्षीय सानी नानीका रूपमा सन् १९७२ मा उनी सपरिवार अमेरिका आएकी थिइन् । सुरूमा न्युयोर्क आएकी उनका पिता एक मेकानिकल इन्जिनियरका रूपमा आइबीएममा कार्यरत थिए । सन् १९६४ मा जन्मिएकी ५८ वर्षीय मिलर पेशाले एक सिभिल इञ्जिनियर हुन् । सुरूवाती शिक्षा न्युयोर्कमा पूरा गरेकी उनले उच्च शिक्षा मिजौरी युनिमर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट पूरा गरिन् ।
पेशाले एक सिभिल इन्जिनियर उनले मेरिल्याण्ड राज्यमा २५ वर्ष सेवा गरिन् । मिलर २००६ मा डेमोक्रेटिक पार्टी मेरिल्याण्डको केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएर राजनीतिमा प्रवेश गरेकी हुन् ।
सन् १९९० मा मेरिल्याण्डको मोन्टेगोमेरी काउन्टीमा बसाइ सरेकी उनले आफ्ना कलेज सहपाठी डेभिड मिलरसँग विवाह गरिन् । सन्तानका रूपमा यो जोडीका तीन छोरी रहेका छन् ।
सन् २०११ मा मेरिल्याण्ड हाउस अफ एसेम्बेलीमा डिस्ट्रिक्ट १५ बाट निर्वाचित उनले मन्टिगोमरी काउन्टीको प्रतिनिधित्व गरिन् । सन् २०१८ मा डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको सदस्यका लागि उम्मेद्वारी जित्न प्राइमरी चुनावमा उत्रेकी उनलाई सफलता हात लागेन । मेरिल्याण्ड कंग्रेस डिस्ट्रिक्ट ६ का लागि उनी प्रतिस्पर्धामा थिइन् । घना नीलो डिस्ट्रिक्टमा उनी डेभिड ट्रोनसँग पराजीत भइन् ।
अहिले उनी डेमोक्रेटिक पार्टीका गभर्नर उम्मेद्वार वेस मुरको लागि लेफ्टिनेन्ट गभर्नरकी उम्मेद्वारका रूपमा राजनीतिको दोस्रो इनिङमा फर्केकी छिन् । यो जोडीले अत्याधिक बहुमतका साथ डेमोक्रेटिक प्राइमरी जितेको थियो ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया