प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विधेयकमा भ्रम फैलाएको आरोप लगाएको छ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले यस्तो आरोप लगाएका हुन्।
उनले उपप्रधान तथा गृहमन्त्रीले बारिह जुलुसमा गएर एमालेले विधेयक रोक्यो भनेर भ्रम फैलाएको तर संसदमा विधेयक नल्याएको भन्ने आपत्ति जनाए।
‘मिटरब्याजसम्बन्धी विधेयक हाम्रो कारणले रोकियो भनेर बाहिर भ्रम छरियो तर आज हामीले रोकेका छैनौँ, विधेयक त छैन त? कहाँ गयो? कसले रोक्यो कता हिँड्यो?’, सांसद पन्तले भने, ‘आएर जवाफ दिनुपर्यो नि प्रधानमन्त्री र गृहमन्त्रीले।’
सरकारले आफूले विधेयक नल्याउनु तर दोष विपक्षीको थाप्लोमा राखिदिनु स्वभाविक नभएको उनको भनाइ छ।